अमेजन मालिक बेजोसको सम्पत्ति एक दिनमै १३ अर्ब डलरले बढ्यो

विश्वको सबैभन्दा ठूलो इ(कमर्श कम्पनी अमेजनका सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनै बेजोसको सम्पत्ति हालै एक दिनमै १३ अर्ब डलरले बढेको छ ।

ब्लुम्बर्ग बिलियोनियर इन्डेक्सका अनुसार सोमबार अमेजन कम्पनीको शेयर मूल्यमा ८ प्रतिशतले बढोत्तरी भएसँगै बेजोसको सम्पत्तिमा भारी वृद्धि भई एक खर्ब ८९ अर्ब ३० करोड डलर पुगेको छ ।

अर्बपतिहरुको दैनिक अद्यावधिक सम्पत्ति सार्वजनिक गर्ने ब्लुम्बर्ग बिलियनिर इन्डेक्स सन् २०१२ देखि प्रकाशित हुन थालेको हो । बेजोसको सम्पत्तिमा भएको यो दैनिक बढोत्तरी उक्त सूचकांक प्रकाशित हुन थालेयताको सबैभन्दा ठूलो बढोत्तरी भएको बताइएको छ ।

विश्वमा कोरोना भाइरस महामारीका कारण अन्य उद्योग व्यवसायहरु धरासायी बन्दै गएका भएपनि अमेजन कम्पनी र यसका सीईओ जेफ बेजोसका लागि भने फलिफाप भैरहेको छ । सन् २०२० सुरु भएयता मात्र बेजोसको सम्पत्तिमा ७४ अर्ब डलरले वृद्धि भएको छ ।

अमेजन सीईओ बेजोस पछाडि सर्वाधिक धनाढ्यको दोश्रो स्थानमा बिल गेट्स कायमै छन् । उनको कूल सम्पत्ति एक खर्ब १८ अर्ब रहेको छ । तेश्रो स्थानमा बर्नार्ड आर्नोल्ट, चौथो स्थानमा मार्क जुकरबर्ग र पाँचौँ स्थानमा माइक्रोसफ्ट कम्पनीका स्टिभ बाल्मर रहेका छन् ।

त्यस्तै टेस्ला कम्पनीका सीईओ एलोन मस्क छेटौँ स्थानमा रहँदा यो वर्षमात्रै ४७ अर्ब डलरले आफ्नो सम्पत्ति थप्न सफल भएका छन् । भारतीय अर्बपति मुकेश अम्बानी आठौँ स्थानमा झरेका छन् ।

एजेन्सी

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -