spot_img

झलनाथ खनाल जेठ २ मा फर्कनु पर्ने र अदालतमा गएको हस्ताक्षर फिर्ता नहुनेमा अडिग हुनुहुन्छः भीम आचार्य

spot_img

काठमाडाैँ, नेकपा एमालेका सचिव भीम आर्चायले वरिष्ठ नेता झलनाथ खनाल पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने र अदालतमा सांसदहरूले गरेको हस्ताक्षर फिर्ता नलिनेमा अडिग रहेको बताएका छन्।कुराकानी गर्दै सचिव आचार्यले उपचारका लागि दिल्ली जानुअघि पार्टी एकताका लागि उनले गरेको अपिललाई आ–आफ्ना तरिकाले बुझ्ने र ब्याख्या गर्ने काम भएको बताए।

खनालले दिल्ली जानुअघि एकताका लागि अपिल जारी गर्दै पार्टी विभाजन विनाशको बाटो भएको उल्लेख गरेपछि त्यसले एमालेमा तरंग ल्याएको छ।प्रधानमन्त्री ओली पक्षधरले खनालको वक्तव्यलाई धेरै प्रचार–प्रसार गरेका छन् भने नेपाल पक्षका केही नेताले त्यो वक्तव्य नै खनालको नभएकोसम्म सार्वजनिक रूपमा दाबी गरेका छन्। खनालकै आधिकारिक फेसबुकमा सो वक्तव्य राखिएपछि त्यसको आधिकारिकताबारे उठेका प्रश्नको कुनै अर्थ रहेन।

खनालको वक्तव्यको अन्तर्य के हो भन्नेबारे भने एमालेभित्र अझै पनि अडकलबाजी जारी छ। कतिले भने सो वक्तव्य नै आचार्यले लेखेकोसम्म भनेका छन्। खनालसँग सबैभन्दा निकटमध्येका नेता आचार्यले भने त्यसलाई अस्खनालजस्तो नेताको वक्तव्य पनि अरू कसैले लेखिदिनु पर्छ र!,’ उनले भने। उपचार गर्न विदेश जानुअघि पार्टीबारे चिन्ता हुनु र एकताका लागि वक्तव्य जारी गर्नु स्वभाविक रहेको पनि उनले बताए।

’वरिष्ठ नेता खनाल पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुबैभन्दा सिनियर हो। पार्टीको संस्थापक नेताले एकताका लागि अपिल गर्नु स्वभाविक हो। यसलाई कतैतिर ढल्किएको हो कि भनेर ब्याख्या गर्न जरूरी छैन,’ सचिव आचार्यले भने।कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अदालतमा उपस्थित भएर एमाले सांसदहरूले गरेको हस्ताक्षर सही भएकोमा पनि पक्षमा खनाल कायमै रहेको उनले बताए।‘त्यसमा हस्ताक्षर गर्ने हामी कसैले पनि त्यो अडान छोड्ने भन्ने हुँदैन,’ उनले भने, ‘पार्टीका सबै संरचनालाई २०७५ जेठ २ पूर्वको अवस्थामा पु¥याउनु पर्छ भन्नेमा पनि हामी सबै कायमै छौं।’

उनले ओली पक्षका केही अतिवादी र नेपाल पक्षका केही अतिवादी दुबैले पार्टी एकता नचाहेकोसमेत बताए। प्रधानमन्त्री ओलीकै कारण सबैको व्यस्तता बढेको उनको टिप्पणी छ।’ओलीले आफ्नो गुटको मात्रै भेला राखेर निर्णय गर्दा यस्तो भएको हो। हामी त पार्टी मिलाउनुपर्छ भनेर लागेका छौं,’ उनले भने, ‘ओलीले नै पार्टी अलग बनाए भने त हाम्रो केही लाग्दैन। त्यस्तो बेलामा हामीले पनि अलग्गै मञ्च बनाउनुपर्छ होला। हामी एकताकै लागि अन्तिमसम्म लागिहरन्छौं।’एमाले उपमहासचिव घनश्याम भुसालले पनि पार्टीभित्र विवाद चर्किरहेका बेला उपचारका लागि विदेश जान लागेको वरिष्ठ नेताले पार्टी एकताका लागि भनेर वक्तव्य जारी गर्नु स्वभाविक रहेको बताए।‘हाम्रैले पनि जेएनको वक्तव्यबारे बढ्ता बुझ्ने अनि ओलीवालाहरूले यसलाई माधवको विरूद्धमा प्रयोग गर्ने गरेको देखिएको छ,’ उनले भने।

उपचार गर्न जाने बेलामा दिएको वक्तव्यलाई आफूले स्वभाविक रूपमा लिएको भुसालले बताए।’उहाँको वक्तव्य दुरूपयोग गरियो भन्ने र माधव नेपालका विरूद्ध जेएनलाई उभ्याउन प्रयत्न गर्ने दुबै कुरा गलत हो,’ भुसालले भने, ‘पार्टीलाई जेठ २ को अवस्थामा निःशर्त फर्काउनुपर्छ भन्नेमा हामी एकमत छौं।’पछिल्ला दिनमा ओली पक्षका नेताहरूसँगको अनौपचारिक छलफलमा समेत सक्रिय रहेका एमाले सचिव आचार्यले भने प्रधानमन्त्री ओली जेठ २ मा फर्किन मौखिक रूपमा तयार भएको दाबी गरे।आचार्यले केही समयअघि प्रधानमन्त्री ओलीसँग एक्लै भेटेर कुरा गरेका थिए। मौखिक रूपमा जेठ दुईमा फर्कने प्रतिवद्धता जनाएर मात्रै नपुग्ने उनको भनाइ छ।

’वरिष्ठ नेताहरूसँग छलफल गरेर जेठ २ का सबै कमिटीलाई कार्यान्वयनमा ल्याउन तयार भएको भनेर सहमति गर्नुपर्छ। मुखले मात्रै भनेर हुँदैन। बोल्ने तर कार्यान्वयन नगर्ने ओली कमरेडको स्वभाव छ,’ उनले भने,’उहाँले जेठ २ मा जानका लागि कांग्रेस सभापति देउवाको पक्षमा गरेका हस्ताक्षर फिर्ता लिनुपर्ने भन्नुभएको छ। हामीले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन भनेका छौं।’यसका लागि बिचको बाटोसमेत आफूले प्रस्ताव गरेको उनले बताए।‘आफूहरूले प्रतिनिधि सभा विघटनको कुरा नउठाउने र ओली पक्षले पनि हस्ताक्षर फिर्ताको कुरा नउठाउनसाथ समस्याकोसमाधान हुन्छ,’ उनले भने।यो दुबै विषय अदालतको जिम्मामा छोड्नु पर्ने आफ्नो प्रस्ताव रहेको आचार्यले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img