spot_img

काठमाडाैँकाे अवस्था जटिल बन्दै काेराेना संक्रमित जान पाएनन् अस्पताल,निजी लिदैनन् बिरामी भर्ना

spot_img

काठमाडाैँ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालमा पनि संक्रमित भर्ना गर्न मिल्ने गरी प्रोटोकल बनाएर शुल्कसमेत निर्धारण गरेको छ । तर मन्त्रालयले तोकेको शुल्क न्यून भएको भन्दै उनीहरूले बिरामी भर्ना गर्न मानेका छैनन् । संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अस्पताल, दुवाकोटको केएमसी अस्पताललाई तोकिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भने रेफर गरिएका कोभिडका गम्भीर बिरामीको उपचार भइरहेको छ । लक्षण नभएका बिरामीलाई केएमसी र आयुर्वेद अस्पतालमा पठाउने गरिएको छ ।

उपत्यकाबाहिर संक्रमण देखिएका केहीलाई पाटन, सशस्त्र, शिक्षण र टेकुमा समेत ल्याउने गरिएको छ । सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा १ सय २० शय्या छन् । मंगलबार साँझसम्म १ सय १७ जना भर्ना भएका अस्पतालले जनाएको छ । यीमध्ये १ सय ८ जना कोराना संक्रमित हुन् । एक जना भेन्टिलेटरमा छन् । पाटन अस्पतालमा ६० जना संक्रमित मात्रै भर्ना गर्ने क्षमता छ । तर अहिले ८६ जनाको उपचार भइरहेको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए । उनका अनुसार २१ शय्याको आईसीयू रहेकोमा हाल ७ जना भर्ना भएका छन् । दुई जना भेन्टिलेटरमा छन् ।

यस्तै, टेकु अस्पतालमा आइसोलेसन केन्द्रमा ३४ र आईसीयूमा २० शय्या छन् । अस्पतालका निर्देशक डा.सागर राजभण्डारीका अनुसार मंगलबारसम्म आईसीयूमा सहित ४६ जनाको उपचार चलिरहेको छ । ‘लक्षण भएका केहीलाई आईसीयूमा राखेका छौं,’ उनले भने, ‘भेन्टिलेटरमै राख्नुपर्ने चाहिँ कोही छैनन् ।’ आयुर्वेद अस्पतालका २० शय्यामध्ये कुनै पनि खाली छैन । ‘ईडीसीडीबाट थप १५ जना राख्दिनुस् भन्ने आग्रह छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘तर कसरी राख्ने ?’

शय्या अभावमा केएमसी अस्पतालको महिला वार्डमा समेत पुरुषलाई भर्ना गर्नुपरेको अस्पतालका डा.जेनस आचार्यले बाध्यता सुनाए । एक सय शय्याको अस्पतालमा १० शय्या बच्चाका लागि छुट्याइएको छ । बाँकीमध्ये संक्रमित महिला र पुरुषका लागि समान ४५र४५ शय्याको व्यवस्था गरिएको उनले बताए । ‘पुरुष वार्ड सबै भरिएको छ । महिला वार्ड खाली थियो । मन्त्रालयले त्यो वार्डमा पनि पुरुष राख्न भनेपछि त्यहीअनुसार व्यवस्थापन गरेका छौं,’ उनले भने । त्रिवि शिक्षण अस्पतालमा सात जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये एक जना आईसीयूमा छन् । कान्तिपुर दैनिकमा खवर छ । 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img