spot_img

दुवै राप्रपा कांग्रेस प्रवेश गर्ने हल्लाले कांग्रेस सशंकित ,पार्टी प्रवेश प्रकृयामा डाेल्पा कांग्रेसकाे आपत्ती ।

spot_img

रूपक कुलाल,काठमाडाैँ
डोल्पाका अधिकांस दुवै राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गर्ने हल्लाले डोल्पाको राजनीतिक माहोल तताएको छ । स्रोतका अनुसार दुवै राप्रपाका डोल्पामा नेतृत्व गरिरहेका कर्ण बुढा र योगेन्द्रवहादुर शाही सहितको जम्बो टोली कांग्रेस प्रवेशको तयारीमा छ । राप्रपाका नेताहरु केन्द्रिय स्तरमै पावर लगाएर पार्टी प्रवेशका लागि केन्द्रममै ब्यापक लबिङ गरेर कांग्रेस जिल्ला कार्यसमिति डोल्पालाइ केन्द्रबाट दवाफ सिर्जना गरेको कार्यसमितिका एक सदस्यको भनाइ छ । गएको चुनावमा राप्रपाको निराशाजनक पराजय र जिल्लामा पार्टी कमजोर भएकाले दुवै राप्रपाका नेताहरु कांग्रेस प्रवेश गर्न खोजेको बताइएको छ । दुवै राप्रपाका सिँगो टोलिनै पार्टी प्रवेश गर्न लागेको थाहाँ पाएपछि डोल्पा कांग्रेसमा भने हलचल मच्चिएको छ ।
डोल्पामा राप्रपाको पतनपछि कांग्रेस प्रवेश गर्नलागे,डोल्पा कांग्रेस
दुवै राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गर्ने हल्ला फैलिएपछि कांग्रेस जिल्ला कार्यसमितिले आपत्ती जनाएको छ । जिल्ला कार्यसमितिका अधिकांस सदस्यले दुवै राप्रपाले कांग्रेस प्रवेश गर्न खोजेको प्रकृया नै गलत भएको टिप्पणी गरेको छ । कार्यसमितिका सभापति अंगतकुमार बुढाले त्रिपुरासञ्चारसँग कुरा गर्दै भने जिल्लाका अधिकांस कार्यसमितिका सदस्यहरुले पार्टी प्रवेश प्रक्रियामै आपत्ति जनाएको बताए । उनले भने लोकतान्त्रीक पार्टीमा पार्टी प्रवेश गर्न पाइन्छ तर दुवै पार्टीले कार्यदल गठन गरि बार्ता हुन्छ ,सहमति भएपछि मात्र प्रवेश गराउँने प्रकृया छ सोहि अनुसार पार्टी प्रवेश गराउँन सकिन्छ ।

राप्रपाका नेताहरु केन्द्रिय नेताहरुलाइ हारगुहार गरि पार्टी प्रवेश गर्न लविङ गरिरहेको र केन्द्रबाटै पार्टी प्रवेश गर्ने उहाँहरुको मनसाय बुझ्न गा¥हो भएको बुढाको भनाइ छ । बुढाका अनुसार जिल्ला कार्यसमितिलाई अहिले केन्द्रबाट दवाव आइरहेको छ । प्रकृया र पद्धति अनुसार पार्टी प्रवेश गर्नुपर्ने अडानमा जिल्ला कार्यसमिति छ । पार्टी प्रवेश गर्ने प्रकृया गलत भएको भन्दै बुढाले भने, डोल्पामा दुवै राप्रपाको पतनपछि आफ्नो राजनीतिक महत्वकांक्षा पुरा गर्न कांग्रेसमा प्रवेश गर्न लागेको आरोप समेत लगाएका छन् । कांग्रेसको स्वच्च छविलाइ धमिल्याउन खोजेको बुढाको भनाइ छ ।

कर्ण बुढा ,भन्छन् कुरामात्रै चलेको,कुनै लविङ भएको छैन

राप्रपाका केन्द्रिय सदस्य समेत रहेका कुर्ण बुढाले भने जिल्ला कार्यसमिति डोल्पाले लगाएको आरोपको खण्डन गरेका छन् । बुढाका अनुसार कांग्रेसमा प्रवेश गर्ने सामान्य कुरामात्र चलेको हो,केन्द्रमा कुनै लविङ भएको छैन तर ढिलो चाँडो कांगेस प्रवेश गर्ने बुढाको भनाइ छ । राप्रपाका केहि सर्तहरु छन् ।

जिल्लामा भएका सदस्यहरुलाई जिल्लामै र केन्द्रमा भएकालाई केन्द्रमै मिलाउँने सहमति पछिमात्र कांग्रेस प्रवेश गर्ने बुढाले बताए । आफुलाइ केन्द्रिय सदस्य दिनुपर्ने बुढाको माग छ । राप्रपा डोल्पामा कमजोर भएपछि कांग्रेस प्रवेश गर्न लाग्नु भएको प्रश्नमा राप्रपा मुलुकभर कमजोर बन्दै गएको अवस्थामा गएको चुनावमा पार्टीले थ्रेसहोल्ड क्रंसगर्न नसकेका कारणले मात्र कांग्रस प्रवेश गर्न लागेको बुढाको जवाफ छ ।

राप्रपाका अर्को घटकका नेता योगेन्द्र शाहि भन्छन्,मलाइ केहि थाहाँ छैन ।

डोल्पामा दुवै राप्रपा कांग्रेस प्रवेश गर्न लागेको हल्ला चलिरहेको बेला राप्रपाका अर्का नेता शाहिले भने यो विषयमा कुनै जानकारी नै नभएको बताए । उनले भने साथिहरु छलफलमा लागिरहेको सुनेको छु ,उहाँहरुलाइ सोध्नुस् मलाइ केहि थाहाँ छैन । शाहि राप्रपाबाटै जितेर ठुलिभेरि नगरपालिकाका उपमेयर समेत हुन् ।

कांग्रेस पार्टी प्रवक्ता भन्छन्,आवश्यक छलफल पछि मात्रै निर्णय

डोल्ला जिल्लाका दुवै राप्रपा कांग्रेसमा प्रवेश गर्ने हल्ला जिल्लामा मात्रै चलेको छैन,केन्द्रमा पनि स्थान पाएको छ । कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीमा प्रवेश गर्न चाहानेलाई कांग्रेसले पार्टी प्रवेश गराउँछ । हाल डोल्पा जिल्लाका राप्रपाका साथिहरु पार्टी प्रवेश गर्ने विषयमा छलफल भइरहेको छ । शर्माले भने आवश्यक छलफल र परामर्शपछि मात्रै कहाँ कसरी पार्टी प्रवेश गराउँने भन्ने टुङ्गो लाग्नेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img