spot_img

डाेल्पाकाे स्याउँले बजारै पाउँन मुस्किल,सरकारकाे गएन ध्यान,किसान भने निराश ।

spot_img

रूपक कुलाल, जुफाल डाेल्पा
हिमाली जिल्ला डोल्पाको मुख्य उत्पादन हो स्याउ । तर सञ्जालमा जोडिएका कारण उत्पादित स्याउले बजार पाउँदैन र कुहाएर फाल्नु पर्ने बाध्यता  स्थानीयलाई छ ।
लालकुमारी डाँगी, डोल्पाको ठुली भेरी नगरपालिकाको केन्द्र जुफालमा डाँगीको सयौँ बोटको स्याउको बगैँचा छ । घरबाट केही टाढा रहेको स्याउको बगैँचाबाट स्याउ ल्याएर जुफालमा बेच्छिन् । जुफालमा हवाइ विमानस्थल भएकाले आन्तरिक र बाह्य पर्यटकले थारै भए पनि स्याउ खरिद गरिदिन्छन् । लालकुमारीले बगैँचाको स्याउँ टिपेर घरमै राखेकी छिन् । प्रतिकिलो ५० रुपैँयाका दरले स्याउ बेच्छिन् । उत्पादन भएको स्याउ नबिकेर कुहाएर फाल्नु पर्ने पो हो कि भन्ने चिन्ता छ ।

डाँगीको परिवारको मात्र होइन, अधिकांशको गुजारा स्याउ बिक्रीबाटै हो । तर स्याउ बिक्री सोचेअनुसार नहुँदा गुजारा चलाउनै गाह्रो छ । सरकारले बजार व्यवस्थापनमा चासो नदिँदा डोल्पाका किसानको स्याउ खेर गइरहेको स्थानिय चन्द्रदत्त खत्री बताउँछन् ।
सडक सञ्जालमा जोडिएकाले जुम्लाका स्याउले बजार पाइरहेको छ । तर डोल्पामा उत्पादित स्याउ भने बजार अभावमा खेर गइरहेको छ र किसान स्याउखेतीमा आत्मनिर्भर हुन सकेका छैनन् ।
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img