spot_img

प्रतिनिधिसभा सदस्य तथा पुर्व शान्ति मन्त्री सत्या पहाडीकाे जिवनी ?

spot_img

काठमाडाैँ,रूपक कुलाल

“हुन त मेरो आफ्नै परीचय छ, तर शक्ती बस्नेतको पत्नी भनेर चिनिंदा पनि गर्व लाग्छ” सत्या पहाडी

सत्या पहाडीको जन्म २०३४ असोज ७ गते डोल्पाकोे लिकुमा भएको हो । पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने उहाँ पार्टी भित्र सुसना सिंह उपनामले पनि चिनिनुहुन्छ । बुवा गोपी प्रसाद र आमा थपना पहाडीका ७ सन्तान मध्ये कान्छी छोरी सत्या सानैदेखि आँटिलो र निडर स्वभावको हुनुहुन्थ्यो । उहाँले स्कुले शिक्षा डोल्पा कै जनप्रभा मा. बि. बाट गर्नु भएको हो । पढाइमा अव्वल सत्या, एस. एल. सी. प्रथम श्रेणीमा पास भएपछि जनप्रभा मा. बि.मै शिक्षिका भएर काम गर्ने प्रस्ताव आयो । ३ वर्षसम्म उहाँले शिक्षण गर्नुभयो ।

कक्षा सात पढ्दा देखि नै विद्यार्थी सङ्गठनबाट राजनीति थाल्नु भएकी सत्याले २०४९ सालमा माओवादीको पार्टी सदस्यता लिनुभएको थियो । २०५२ सालमा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य हुनुभयो र त्यसबेला देखि नै भूमिगत जीवन सुरू गर्नुभएकी पहाडी २०५३ सालमा जाजरकोट जिल्ला समितिकी सदस्य हुनुभयो । २०५५ सालमा जेल पर्नु भएकी सत्या तीन वर्ष पछि मात्र रिहा हुनुभयो । हिरासतमा रहँदा नै प्रविणता प्रमाणपत्र सम्मको अध्ययन गर्नु भएकी पहाडी साहित्यकार पनि हुनुहुन्छ र उहाँका ४ वटा पुस्तक पनि प्रकाशित छन् ।

फुर्सदको बेला साहित्य सिर्जनामा मन जाने उहाँ बताउनुहुन्छ । नेकपा का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा र अर्थ समिति सदस्य पहाडी पूर्व शान्ति तथा पूननिर्माण मन्त्री समेत भएर काम गर्नु भएको छ । पूर्व गृहमन्त्री एवम् वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतसँग २३ वर्ष अगाडी पहाडीले जनवादी प्रेम विवाह गर्नु भएको थियो । उहाँहरुको एक छोरी संगम हुनुहुन्छ, संगम अहिले न्यू योर्कमा पब्लिक हेल्थ अध्ययन गर्दै हुनुहुन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img