spot_img

करिव १ महिना देखि अन्धकारमा डोल्पा सदरमुकामः गतिला प्रतिनिधी नहुँदा जनता सधैँ यस्तै समस्या झेल्न बाध्य

spot_img

डोल्पा, विद्युत आयोजना बिग्रिएपछि जिल्ला सदरमुकाम दुनैका करिव १ महिना देखि अँध्यारोमै बस्न बाध्य छन् । स्थानीय स्तरमा उत्पादित विद्युत आयोजना जैरीगाड जलविद्युतमा समस्या आएपछि दुनै र आसपासका उपभोक्ताले बत्ती बाल्न पाएका छैनन् । ठूलीभेरी नगरपालिकाको २ नम्बर वडास्थित जैरीगाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बन्द हुँदा विद्युत सेवा अवरुद्ध भएको हो । दुई वटामध्ये एउटा डाइनामो पहिल्यै बिग्रिएको थियो ।

जसकारण सर्वसाधारणदेखि व्यवसायी, उद्योगी तथा सरकारी र गैरसरकारी कार्यालयको नियमित कामकाज पनि प्रभावित बनेको छ । २ सय किलोवाट विद्युत उत्पादन क्षमताको उक्त विद्युत आयोजनाबाट १ हजार ६ सय परिवार लाभान्वित थिए । तर विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ताहरू दैनिकी प्रभावित भएको गुनासो गर्न थालेका छन् । ठूलीभेरी नगरपालिका–२ की विमल रोकाय भन्छिन्, ‘झण्डै एक महिनादेखि बिजुली बलेको छैन । बिजुली अभावमा नियमित गतिविधि सजिलै भइरहेका छैनन् ।’ नेपाल विद्युत प्राधिरकणरले निर्माण गरेको यो विद्युत आयोजनाको सम्पूर्ण सञ्चालन पनि विद्युत प्राधिकरणले गरिरहेको छ ।

दुनैस्थित प्राधिकरणको वितरण केन्द्रले भने ओभर लोड बिजुली प्रयोग भएका कारण विद्युत आयोजनामा खराबी आएको जनाएको छ । वितरण केन्द्रका एक जना कर्मचारी जितकुमार सिङले थोरै विद्युतले धेरै उपभोक्तामा सेवा पु¥याइरहेका बेला ओभर लोड भएपछि समस्या आएको बताए । तर मेसिनमा देखिएको खराबी समाधान गर्ने प्रयास भइरहेको उनले बताए । विद्युत आयोजनामा खराबी आएपछि प्राधिकरणले यसको मर्मतमा प्रयास गरिरहेको जनाएको छ । यसअघि दुई पटक गरिएको प्रयास सफल हुन नसकेको बताइन्छ । अहिले तेस्रो पटक मर्मत प्रयास भइरहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले अबको केही दिनमा बिजुली बल्ने आशा गरिएको प्रतिक्रिया दिए । विद्युत अवरुद्ध भएपछि पटक पटक मर्मतको प्रयास गर्दा पनि समाधान हुन नसकेपछि प्राधिकरणको सुर्खेतका प्रमुख समेतको उपस्थितिमा अवस्था विश्लेषण भइसकेकाले अब छिटै बिजुली सुरु हुने प्रजिअ अधिकारीले बताए ।विद्युत मर्मतका लागि ५ लाख बढी लगानी गर्नुपर्ने भएकाले पनि विद्युत मर्मतमा ढिलाइ भएको बताइएको छ । ५ लाख बढी लगानी गर्नुपर्ने अवस्थामा त्यसको मूल्यांकन र अनुगमन प्रदेश प्राधिकरणले गर्नुपर्ने भएकाले अनुगमनमा ढिला भएपछि समस्या भएको हो ।

उक्त आयोजनाबाट ठूलीभेरी नगरपालिकाका अधिकांश र त्रिपुरासुन्दरी नगरपालिकाका केही ठाउँमा विद्युतीकरण गरिएको छ । डोल्पामा हालसम्म केन्द्रीय प्रशारण लाइन जोडिएको छैन । त्रिपुरासुन्दरी नगरपालिकाको केही क्षेत्रसम्म पोल गाडिए पनि विद्युत सप्लाइ भने भएको छैन । २ वर्षभित्र राष्ट्रिय लाइनलाई सबै जिल्लामा पु¥याउने योजना सरकारको भएकाले त्यतिबेलासम्म केही न केही हुने आशा गर्न सकिने प्रजिअ अधिकारीले बताए । कान्तिपुर दैनिकमा हरि गाैतमकाे बाइलाइनमा प्रकासित समाचार

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img