को हुन् ? यी वडा अध्यक्ष जस्ले गाउँको आमुल परिवर्तन गरे ।
को हुन् ?रामचन्द्र रोकया (उत्तम),किन प्रख्यात भए ।
रामचन्द्र रोकया (उत्तम)काइके गाउँपालिका वडा नं.7 का वडाअध्यक्ष हुन् । जिल्ला भरका सवै नेतालाई विकास लोकप्रियतामा पछि पार्दै रामचन्द्र रोकया लोकप्रीय र चर्चाको चुलियका छन् । डोल्पा जिल्लाको अति विकट वस्ती बनटाँडामा सामान्य मध्यम वर्गीय परिवारमा उहाँको जन्म भएको हो । बुवा कुल बहादुर रोकया तथा आमा कार्मा रोकयाबाट २०४४ बैशाख ५ गते जन्मीयका रामचन्द्र रोकयाको औपचारिक शिक्षा २ कक्षा सम्म हो । समाजमा व्याप्त अन्याय,अत्याचार,शोषण,उत्पीडन,बाट आक्रान्त बनेका रामचन्द्र सानैदेखी विद्रोही स्वभावका थिय । 17 वर्षको कलिलो उमेरमा पार्टी जिल्ला कमिटिको सम्पर्कमा तत्कालिन नेकपा माओवादिमा प्रबेश गरे । योंग कम्युनिष्ट लिग थ्ऋी को एरिया कमिटि सचिव तथा जिल्ला कमिटी सचिवालय सदस्य भए । हाल नेकपा जिल्ला कमिटि सदस्य पनी हुन् । जनताको काम गर्न धेरै पढ्न पर्दैन,परेरै सवै गरिन्छ भन्ने प्रमाणित गरेका छन् ।
विद्यालय/ घरघरमा सोलार वितरण
काइके गाउँपालिकाका मुनाल प्रावि,भक्ती थापा प्रावि,बालकल्याण प्राविमा आफनै एकल प्रयासमा बैकल्पीक उर्जा प्रबद्धन केन्द्रसँग समन्वय गरी प्रति स्कुल १००० वाटको सोलार वितरण साथै काइकेका वडा नं.६,७ प्रत्येक ११० घरधुरीलाई ५२ वाटको सोलार वाड्न सफल भएका छन् । बिकटका जनताहरु विजुली नहुदा रुख फडानीमा न्युनीकरण आएको छ अनि लोइटो(सल्लोको रुखवाट वालिने एकप्रकारको उज्यालो)को झन्झटवाट गाउँलेहरु मुक्त भएका छन् । सोलारले दैनिक प्रशासनिक कार्य गर्न,कम्प्युटर चलाउन,विद्यालयका चिठी पत्रहरु प्रिन्ट गर्न सजिलो भएको भएको बताउछन्’ मुनाल प्राविका प्रअ कमल महतारा ।
घरघरमा धारा,टोलटोलमा धारा
गाग्री लिएर पानी ल्याउन आधा घण्टा हिंडेर उरुटोल जानुपथ्र्यो । कुवाको पानी ल्याउनुपर्ने अव दुखका दिनहरु सकिए’ भनी भक्कानिदै सुखका आँशु खसाल्छिन वर्ष ४० की लोहारनी रोकाया
गाउँपालिकाको वजेटवाट लावण गाउँमा प्रत्येक घरघरमा धारा तथा वनटाँडामा प्रत्येक टोलटोलमा धाराहरु निर्माण भई गाँउलेहरुमा खुशीयालीको रौनक छायको छ ।
व्याश तपोभुमी÷व्याशऋषि मन्दिर तथा धर्मशाला निर्मााण

डोल्पा जिल्ला धार्मीक,ऐतिहासिक,प्राकृतिक तिर्थस्थलहरु अनगिन्ती छन्।
व्याश तपोभुमी,व्याशऋषि अति नै महत्वपुर्ण तिर्थस्थल पनि काइके गाउँपालिकाको वडा नं ६ र ७मा पर्दछ । सतीदेवीको संवेदनशील अंग पतन भएको किम्वदन्ती तथा ढुंगामा अंगको प्राकृतिक मुर्ति पनि साक्षात्कार गर्न सकिन्छ।परापुर्वकालमा व्याशऋषिले तपस्या गरेको भएकोले यो अतिनै पवित्र स्थलमा जहाँ प्राकृतिकरुपमा १०८ धारा बाट आफसेआफ पानी नुहाउन सकिन्छ । अतिविकट प्रचारप्रसारको कमी भएकोले ओझेलमा परेको व्यक्त गर्छन् ’शिक्षक भिम बहादुर गुरुंग र
वर्षेनी हजारौ तिर्थालु तथा भक्तजनहरुलाइ वस्ने खाने तथा सुविधा नभइ अलपत्र पर्ने भएकाले आफनो एकल प्रयाशले केन्द्र तथा प्रदेशमा समन्वय गरी मन्दिर तथा धर्मशाला वनेको छ । निकट भविष्यमा व्याशऋषिको महत्व फैलाउने र वर्षेनी लाखौं भक्तजन तथा तिर्थयात्रीको घुइचो लगाउने योजना रहेको वताउछन् अध्यक्ष रामचन्द्र रोकयाकाे भनाइ छ ।
गाउँघरमा कस्को घरमा आगो वलेको छैन,को को विरामी छन,बिरामी भए सदरमुकाम दुनै तथा नेपालगंज,सुर्खेतसम्म पेलेनभाडा तथा औषधीउपचार खर्च पनि व्यवस्था पनि वडाअध्यक्षले गरिदियको जगत रोकाया वताउछन् ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -