spot_img

गृहमन्त्रालयले भन्याेः सिंहदरबार गेटको पनि सीसीटीभी फुटेज १६ दिनभन्दा बढि रहन्न

spot_img

काठमाडौं,पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन पेचिलो बन्दै गएको बेला गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने भनी पत्र पठाएको छ । शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो । आज गृहमन्त्रालयले समितिलाई पत्र पठाएर सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने जवाफ दिएको हो । छानबिन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको थियो ।

यसभन्दा पहिले पनि अर्थमन्त्रालयले आफ्नो मन्त्रालयमा सीसीटीभी फुटेज १३ दिनभन्दा धेरै नरहने बताएको थियो । समितिले फरेन्सिक ल्याबमा पठाएपछि फुटेज रिकभर भएको थियो । सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७५ अनुसार सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । गृहले तयार पारेको कार्यविधि अनुसार अति सुरक्षित र सम्बेधनशिल माथिएको सिंहदरबारमा पनि कतै १३ दिन त कतै १६ दिन मात्रै सीसीटीभी फुटेज रहने गरेको छ ।

कार्यविधिको सार्वजनिक प्रयोगसम्बन्धी बुँदा नम्बर ५ मा सीसीटीभीबाट खिचिएका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित राख्नुपर्ने उल्लेख छ । तर, सिंहदरबारले नै सीसीटीभी जडान तथा सञ्चालन कार्यविधको पालना गर्दैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img