spot_img

काव्य तिज म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न

spot_img

काठमाडाैँ, नेपाली महिलाहरुको चाड तिजको छेको पारेर काव्य म्युजिक सेन्टरले हालै राजधानीमा काव्य तिज म्युजिक अवार्ड २०७९ सम्पन्न गरि विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा तिज गीतका विभिन्न २६ विधामा अवार्ड वितरण गरेकोे छ।

कलाकार लक्ष्मी गिरी प्रमूख अतिथि तथा पूर्व सांसद दीर्घराज प्रसाईको विशेष आतित्यतामा सम्पन्न समारोहमा साहित्यकार सुरेन्द्र महर्जन अमरलाई काव्य सङीत रजत सम्मान, नेपाल समाचारमपत्रकर्मी रश्मी थापालाई मनोरञ्जन पत्रकारिता सम्मान, गायत्री भण्डारीलाई जेष्ठ नागरीक सम्मान, सिता राईलाई समाजसेवी सम्मान, फिल्मकर्मी रोशन कुमारलाई काव्य राष्ट्रिय सेवक,सम्मान,निशु कान्त झा इभेन्ट डाइरेक्टर तथा नृत्य निर्देशक उमेश गुरुङ,अमन श्रेष्ठ, चिरञ्जीवी भन्डारी, दिलिप केसि, गोपाल अर्याल, हनुमान यसमाली सुदिप, कबिता टोलाङी, कमला सापकोटा, मुकेश हुमागाइ, मीन रावल, राज मगर,सम्झना बुढाथोकीलाई काव्य कला सम्मानद्धारा सम्मानित गरिएको थियो। तिज गीत तथा आकर्षक नृत्य सहित अघि बढेको अवार्ड समारोहको सल्लाहकार रमेश श्रेष्ठ र संयोजक राजेन्द्र पुरी रहेका थिए।

म्युजिक भिडियो निर्देशिक बबिता श्रेष्ठ, निरेन श्रेष्ठ,देवेन्द्र पाण्ड,े जनक सिह तथा गायिका कमला गौतम स्मृति सहितको निर्णांयक मण्डल रहेको समारोहमा समारोहमा हास्य कलाकार पल्पसा डंगोल,सारदा गिरी,बिमला गिरी,सर्मिला गुरुङ,रामचन्द्र पोखरेल,प्रकास भट्ट ,पूर्व प्रेम वश्याल, नरहरी प्रेमी,रानु निरौला, दनेश बिस्ट लगायतका कलाकर्मीहरुले अवार्ड तथा पुरस्कार वितरण गरेका थिए भने विभिन्न कलाकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

अवार्ड समारोहमा सम्मानित तथा अवार्ड विजेताहरुलाई बधाई कलाकार लक्ष्मी गिरीले दि“दै कलाको माध्यमद्धारा कलाकारहरु संधै बा“चिरहने बताईन्।काव्य आचार्य,रमेश श्रेष्ठ,शिवराम भन्डारी,रामशरण आलेमगर तथा सुजिता आचार्य आयोजक रहेको समारोहमा उहिलेका भाकाबाट श्रीकृष्ण बम मल्लले सर्वोत्कृष्ट तिज गीत तथा सोही गीतबाट जुनु रिजालले गायिकाको अवार्ड चुमिन भने जान्न बाबा जान्नबाट प्रकाश कटुवाले गायकको, बेसारे मायाबाट जयराम भट्टले निर्देशकको,बिच्च बिच्चमा ६ बाट दुर्गेश थापाले मोडल तथा जेमिनर जेभिस श्रेष्ठले बाल कलाकारको, बिन्दु बाट रविना अधिकारीले महिला मोडल,सौतेनी छोरीबाट प्राप्ति भट्टले बाल गायिकाको, छोरी को बेदनाबाट संगीता पौडेलले लयको, रेवन को चस्माबाट सुनिल अधिकारीले शब्दको,माइती देश प्यरोबाट नरेश ऐराले छायाकारको, देवर ज्यु को विहेबाट केसब बडुले एरेञ्जरको र माइतिको आगनीबाट बिनोद बमले सम्पादकको अवार्ड चुमे।

संञ्चारकर्मी सुरक्षा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा गुल्मी तिरैबाट लक्ष्मण केसीले नव निर्देशक र मनिस श्रेष्ठले नव छायाकारको अवार्ड चुम्दा तिज आयोबाट सुमी सस्कृतीले मौलिक भाका, लरि लरि लैबाट रन्जित बिश्वकर्माले नव गायक, तिज आयो घुमेरबाट मोदिका निरौला र माइतिको आगनीबाट लक्ष्मी दर्नँलले नव गायिका, प्रमेश्वर दाहालले नव मोडेलको तथा रेशमी सारीबाट साबीत्रि पुरीले नव मोडल महिलाको,जोवनबाट कपिल आरकेले नव ऐरेञ्जरको अवार्ड चुमे भने पपुलर विधातर्फ सम्धी सम्धिनीबार्ट होम धितालले गायक तथा छम छमबाट रेखा शाहले गायिकाको अवार्ड चुम्दा आउ नाचौबाट मिनल श्रेष्ठले जुरीतर्फ निर्देशकको तथा छम छमबाट रुपेश थापाले छायकारको अवार्ड चुमे।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!