विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा झनै बढेको छ ।
इटालीमा पछिल्लो २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ ।
इटालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ४ हजार ३२ पुगेको छ । इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४७ हजार २१ पुगेको समाचार संस्था एएफपीले जनाएको छ ।
कोरोना भाइरस संक्रमण सुरुवात स्थल चीनभन्दा पनि अहिले इटाली सबैभन्दा बढी संक्रमण फैलिने मुलुकमा परेको छ ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या संसारभर ११ हजार १ सय ७६ पुगेको छ ।