spot_img

२४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए, उपत्यकाका १५९९ जना

spot_img

काठमाडाैँ,पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।

यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङका ८१ जना, कैलालीका ५५, सुर्खेतका ५४, चितवन र रुपन्देही ५२/५२ जना, बर्दियाका ५०, नवलपुरका ४०, मकवानपुरका २२, कञ्चनपुरका २१, तनहुँका १९, झापाका १६, पाल्पाका १५, नुवाकोटका १४, बाँकेका १३ र काभ्रेका १० जनामा संक्रमण देखिएको छ ।

धनुषा र दाङका ९/९ जना, सनसरी, पर्सा, धादिङ, सिन्धुपाल्चोक, दैलेख ८/८ जना, बारा, सिराहा र लमजुङका ७/७ जना, सर्लाहीका ६, रौतहट र प्युठानका ५/५ जना, कास्की र स्याङ्जाका ४/४ जना, खोटाङ, सप्तरी र बाग्लुङका ३/३ जना, उदयपुर, दोलखा, रसुवा, रामेछाप, रुकुम पूर्व र सल्यानका २/२ जना तथा भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी, कालीकोट, डडेलधुरा, बझाङ र बैतडीका १/१ मा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img