spot_img

उपल्लो डोल्पा निर्वाचनमा खटिएका कर्मचारी अलपत्र, स्थानिय सरकार भन्छ हामि पाल्न सक्दैनौं

spot_img

डोल्पा,मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि उपल्लो डोल्पाको निर्बाचनमा खटिएका कर्मचारी हरु अत्यधिक जाडो र हिउँले गर्दा अलपत्र परेका छन । १२ मतदान केन्द्रका सहायक कर्मचारी देखि म्यादि र सुरक्षाकर्मिहरु अलपत्र परेका छन् । चिसो र खानेकुरा नहुँदा भोकै मर्ने अबस्थामा आएको कर्मचारीहरुले बताइरहेका छन् ।

स्थानीय जनप्रतिनिधि भन्छन हामी पाल्न सक्दैनौ तर यता आयोगले कुनै चासो देखाएको छैन । अधिकाश कर्मचारी बिरामी रहेका छन भने चिसो र भोकले सताएको बताइरहेका छन् । निर्बाचनमा खटिँदा निर्बाचन कार्यालय ले नेपालि सेनाको हेलिकप्टर प्रयोग गरेको थीयो तर निर्बाचन सम्पन भएको ४ दिन् भइसक्दा पनि निर्बाचन कार्यलय ले मतपेटिका मात्र सारेर निर्वाचन खटिएका कर्मचारी हरुलाई त्यतै अलपत्र पारेको हो।

 एकजना म्यादी र शे फोक्सुन्डो गाउँपालिका को फोद गाँउ केन्द्र मा खटिएकी एकजना महिला कर्मचारी महिनावारी भै अत्याधिक मात्रामा रगत भइरहेको र खानु पर्ने औषधि जिल्ला स्थित सदरमुकाम रहेको ले आफु हिँड्न नसक्ने अवस्था मा रहेको जानकारि आएको छ।।। यो विषयमा मतदान अधिकृत लाई सोध्दा मतदान अधिकृत ले भने यो विषय मा निर्बाचन आयोग लाई पत्र गरिसकेको बताउनु भएको छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img