spot_img

सवै सीमा नाका बन्द गर्ने सरकारको तयारी

spot_img

काठमाडौं । सरकारले छिमेकी देशका सवै सीमा नाका बन्द गर्ने गरि तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड (१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाबाट सुरक्षित रहन देशका सबै नाकामा मानिसको आवतजावत बन्द गर्ने विषयमा छलफल भएको हो ।

एक देशबाट अर्काे देशमा आवतजावतले कोरोना संक्रमण फैलिने जोखिम बढेकाले छिमेकी सबै देशका सीमा नाका बन्द गर्ने विषयमा बैठकमा छलफल भएको सहभागीहरूले जानकारी दिएका छन् ।

उत्तर र दक्षिणतर्फका सबै सीमा नाका कम्तीमा दुई साता बन्द गर्ने तयारी गरेको छ । आपूर्ति नरोक्ने तर मानिसको आवतजावत बन्द गर्ने तयारी सरकारले गरेको हो ।

आज (शनिबार) साँझ ५ बजे कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पुन बैठक बसेर कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

यसअघि शुक्रबार साँझै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेकका सेवा भोलि चैत ९ देखि २१ गतेसम्म बन्द गर्नेलगायतका निर्णय सुनाइसकेका छन् । यस्तै चैत १० देखि लामो दूरीका यातायात बन्द गरिनेछ ।

यस्तै अदालत, विद्यालय, विश्वविद्यादय बन्द भइसकेका छन् भने अत्यावश्यकबाहेकका सबै सरकारी, निजी कार्यालय पनि बन्द गर्ने तयारी सरकारले गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img