spot_img

निर्भया हत्याकाण्ड : यस्तो रह्यो फाँसीको बेलाको दृश्य

spot_img

निर्भयालाई सामूहिक बलात्कार गरेर मृत्युमा पुर्‍याएका चार दोषीहरूलाई शुक्रवार बिहान तिहाड जेलमा फाँसी दिइएको छ ।

सन् २०१२ मा भारतको राजधानी दिल्लीमा भएको निर्भया सामूहिक बलात्कारमा अहिले आएर न्याय दिइएको हो ।

तिहाड जेलमा शुक्रवार बिहान पौने ६ बजे चारै दोषीलाई फासी दिइएको हो । फाँसीको बेलामा यस्तो दृश्य देखिएको थियो ।

फाँसी दिइनुभन्दा अघि चारै दोषीमध्ये मुकेश र विनयले मात्र राति खाना खाए । पवन र अक्षयले खाएनन् ।

सबै दोषीहरूले छटपट गरेर अन्तिम राति गुजारे । उनी रातभरि सुत्न सकेनन् । उनीहरूलाई तिहाडको जेल नम्बर ३ मा राखियो । त्यहाँको सेलबाट सीधै फाँसी दिइने ठाउँमा पुगिन्छ ।

रातभरि चारै दोषीहरूलाई ध्यान दिएर हेरियो । त्यसका लागि छुट्टै १५ मानिसको टोली खटाइयो । फासी दिने पवन जल्लाद पहिलेदेखि नै जेलमा उपस्थित थिए ।

बिहान ४ बजे फासी दिने तयारी शुरू गरियो । दोषीहरूलाई फरक फरक डेथ सेलमा राखियो । जेल अधिकारीहरू दोषीमाझ पुगे । दोषीहरूलाई नुहाउन र प्रार्थना गर्न भनियो तर उनीहरूले यसलाई अस्वीकार गरे ।

बिहान सबा ५ बजे दोषीहरूलाई कालो कपडा लगाइयो । तिहाड जेललाई पूर्णतः लकडाउन गरियो । जेलबाहिर अर्धसैनिक बल भारी संख्यामा तैनाथ गरियो ।

तिहाडमा पहिलोपटक चारै दोषीलाई एकैपटक फासी दिने तयारी गरिएको थियो । फाँसीका लागि लगभग १० फीटको तख्ता पहिलेदेखि नै तयार थियो ।

जेल सुपरीटेन्डेन्ट, डेपुटी सुपरीटेन्डेन्ट र चिकित्सक पनि तिहाड जेलमा उपस्थित थिए । त्यसपछि चारै दोषीलाई फासी घर लगियो । सबै आरोपितहरूको अनुहारमा कपडा बेरियो र हातगोडा बाँधियो ।

पौने ६ बजे उनीहरूको गलामा फासी लगाइयो । त्यसपछि लेभर खिचेर उनीहरूलाई झुण्ड्याइयो ।

यसरी निर्भयाले सात वर्षपछि न्याय पाइन् ।

चारैको शव आधा घन्टासम्म तख्तामा झुण्ड्याइयो । सबा ६ बजे उनीहरूको शरीर जाँचियो । मेडिकल अफिसरले चारै दोषीलाई मृत घोषणा गरे ।

दोषीहरूले जेलमा कमाएको पैसा उनीहरूको परिवारको मानिसलाई दिइने तिहाड जेल प्रशासनले जनाएको छ । अनि उनीहरूका कपडा र सबै सामान परिवारका मानिसलाई दिइनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img