विद्युतीय कारोबार गर्न राष्ट्र बैंकको आग्रह, आरटीजीएस कारोबारमा शुल्क नलाग्ने

 काठमाडौं, नगद कारोबारका सट्टा विद्युतिय कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामू कार्यकारी निर्देशक सुभाषचन्द्र घिमिरेले आइतबार एक सूचना जारी गर्दै छिटो, छरितो र सुरक्षित हुनका लागि विद्युतीय कारोबार गर्न आग्रह गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुको समेत विद्युतीय भुक्तानीको कारोबारमा कुनै पनि शुल्क नलाग्ने भन्दै यसको उपयोग गर्न आग्रह गरे ।

उनका अनुसार आइतबारदेखि आरटीजीएस कारोबारमा समेत शुल्न नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनिकरण गर्ने उद्देश्यले आरटीजीएस सेवा निःशुल्क गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटाउनका लागि राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेको थियो । यो सेवा लिनका लागि भने केहि शुल्क लाग्ने गरेको थियो ।

आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो । चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुने लगायत विभिन्न सुविधा यसमा हुन्छन् ।

यो प्रणालीको माध्यमबाट घरबाटै पनि कारोबार गर्न सकिने छ । अहिले इन्टरनेट बैंकिङबाट पनि घरमै बसेर कारोबार गर्न सकिन्छ भने अर्को खातामा पैसा ट्रान्फर गरिन्छ । यो सिस्टमले इन्टरनेट बैंकिङ भन्दा चाडो रकम जम्मा गर्ने गर्दछ ।

राष्ट्र बैंकले केहि समय अघि २ लाख रुपैयाँ भन्दा माथिको कारोबारमा आरटीजीएस सुविधा दिन सुरु गरेको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय...

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको...

कांग्रेस अझै अन्योलमा

काठमाडौँ — कांग्रेसमा प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक’ कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति भने विभाजित बनेको छ । जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रपछि शनिबार...

प्रधानमन्त्रीको ’शंकास्पद’ पत्रले ल्याएको तरंग

प्रतिनिधि सभा विघटनको सिफारिस गरेर राष्ट्रपतिलाई मन्त्रिपरिषदले पत्र पठाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको ’शंकास्पद’ पत्रले अदालतभित्र र बाहिर तरंग पैदा गरेको छ। सर्वोच्च...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -