spot_img

आईपीएल फाइनल आज, मुम्बईविरुद्ध दिल्लीलाई बदला लिने मौका

spot_img

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ ।

सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यसअघि १२ औं संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ । अब उपाधि जित्दै अर्को इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन ।

फाइनलअघिको तीन भेटमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई पराजित गरेको हो । पहिलो पटक आईपीएल उपाधि जित्ने हो भने दिल्लीले मुम्बईविरुद्ध तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि छ ।

लिग चरणमा मुम्बई १४ मध्ये ९ खेल जित्दै पहिलो स्थानमा थियो भने ८ खेल जितेको दिल्ली दोस्रो स्थानमा थियो । फाइनल पुग्नका लागि भएको पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई ५७ रनले पराजित गरेको थियो । लिगमा शीर्ष दुईमा रहेकाले दिल्लीले फाइनल पुग्न अर्को मौका पायो । दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फेरि मुमबईसँग भेट पक्का मात्र गरेन पहिलो पटक फाइनल पुग्दै इतिहास समेत कायम ग¥यो ।

लिग सुरु हुनुअघि नै मुम्बई र दिल्लीलाई उपाधिको दाबेदार टिमहरुको रुपमा थियो । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनल पुगेपछि फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले फाइनल पुग्दासम्म ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्दै आइरहेको छ । ब्याटिङमा सूर्य कुमार यादव, क्विन्टन डे कक र इशान किसन तथा बलिङमा जसप्रित बुमराह र ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काएनर पोलार्ड र हार्दिक पाण्ड्याको प्रदर्शन मुम्बईको लागि निर्णायक सावित हुन सक्छ ।

उता युवा कप्तान श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली योङ टिमको रुपमा परिचित छ । दोस्रो क्वालिफायरमा दिल्लीले शिखर धवनसँगै मार्कुस स्टोइनसलाई ओपनिङ गराएको थियो । स्टोइनिसले यस सिजन दिल्लीका लागि ब्याट र बल दुवैमा गज्जबको प्रदर्शन गरिरहेका छन् । बलिङमा कागिसो रबाडा र एनरिक नोर्कियाको जोडी जमेको छ । रविचन्द्र आश्विन र अक्षर पटेल जस्ता स्पीनर दिल्लीको साथमा छन् ।

धवन र स्टोइनिस बाहेक ऋषव पन्त, अजिन्का रहाने र हेयतमायरले उत्कृष्ट ब्याटिङ गरे दिल्लीका लागि उपाधि जिताउन निर्णायक हुन सक्छ ।

फाइनल खेल मुम्बईले जिते एकै प्रतियोगितामा मुम्बईले एउटै टिमलाई चार पटक पराजित गर्नेछ । दिल्लीले जिते ३ हारको बदला लिँदै पहिलो पटक च्याम्पियन हुने अवसर छ । गत सिजन मुम्बईले उपाधि जित्दा चेन्नाई सुपर किंग्स विरुद्ध लिगचरणको दुई क्वालिफायरको एक र फाइनल एक गरी कूल ४ वटै खेल जितेको थियो । २०१७ को फाइनलमा राइजिङ पुनेलाई पराजित गर्नुअघि मुम्बईले त्यही टिमसंग ३ खेल हारेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img