spot_img

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

spot_img

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ। बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्।

योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा १० हजार २३ पुगेको रोयटर्सले जनाएको छ। यसैगरी संक्रमितको संख्या ९२ हजार ४ सय ७२ भएको छ।

यो संक्रमण संख्या अमेरिकापछिको दोश्रो ठूलो हो।

अमेरिकामा हालसम्म १ लाख २३ हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ भने २२ सय बढीको ज्यान गइसकेको छ।

इटालीका सरकारी अधिकारीले ’लकडाउन’ नगरिएको भए अवस्था अझ भयावह हुनसक्ने बताएका छन्।

संक्रमणबाट इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित छ। त्यहाँ हालसम्म ५ हजार ९ सय ४४ जनाको मृत्यु भइसकेको छ।

संक्रमण र त्यसबाट मृत्यु हुनेको नयाँ तथ्याकं सार्वजनिक भएसँगै इटालीका प्रधानमन्त्रीले जुसेपे कोन्टेले ४.७ बिलियन युरोको नयाँ योजना घोषणा गरेका छन्।

नयाँ योजनाले संक्रमणबाट सर्वा्धिक प्रभावित भएकाहरूलाई आर्थिक राहत दिनेछ। यसमा किनमेल भौचर र खानासम्बन्धी योजनाहरू सामेल छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img