spot_img

आज विश्व शौचालय दिवसःमुलुकभर विभिन्न कार्यक्रम गरेर मनाइयाे,डाेल्पाका दुर्गम गाउँमा सुस्वा संस्थाकाे जनचेतनामुलक कार्यक्रम गरेकाे छ।

spot_img

नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएकाे छ । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो । राष्ट्र संघले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसंघले यस वर्षको दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने राखेको छ ।

 यस्तै डाेल्पा जिल्लामा नेपाल सरकार , फिल्याण्ड सरकार, योरेपिली युनियन र त्रिपुरासुन्दरी नगरपालिका को संयुत साझेदारीमा सञ्चालन भएको सबैको लागि दिगो खानेपानी तथा सरसफाई तथा स्वच्छता परियोजना Suswa यस नगरपालीका वडा नं 8 मा संचालित भएको क्षेत्र मा विश्वव शौचालय दिवश 19 Nov 2023 “” परिबर्तन गति बढाउँदै ” मूल नारा सहिद दलित टोल देखि सुरु गरेर दगिन गाँउ सम्म र्याली सहित गाँउ परिक्रमा गरी दगिना गाँउमा कार्यक्रम गरेकाे छ। त्रिपुरासुन्दरी नगरपालिकाकाे    वडा न ८ वडा अध्यक्ष  चन्द्ररुप रावत,स्थानिय अगुवा स्थानीयवासी, विद्यालयका शिक्षक विद्यार्थी उपस्थीतिमा कार्यक्रम गरिएकाे थियाे। सम्पर्ण गरियो । कार्यक्रममा   धौलागिरी अा. वि, मोतिराम आ वि, जनक आ वि र देरली आ वि का बिधार्थी र शिक्षक समावेश गरी चार विद्यालयलाई एक- एक बाल्टिन र जग हस्तान्तरण गरिएकाेछ।

कार्यक्रममा  मुख्य नारा”शौचालयको प्रयोग गरौं,सरुवा रोग बाट टाढा भागौ ।। घरघर मा चर्पि,साफ राख्यौ धति।।जथाभावी दिसा पिसाव नगरौ,स्वच्छ वातावण को निर्माण गरौ।। सकरात्मक सोच बौकौ,जताभावि दिशा गर्ने बानी रोकौ।। मन को मन्दिर देवालय,तनको मन्दिर शौचालय लगाएतका नारा समावेश गरिएकाे थियाे।

शौचालयको प्रयोगपछी नछुटाइ गर्नुपर्ने पहिलो काम भनेको साबुनपानीले हात धुने र साबुन नभएमा खरानीपानीले धुनुपर्ने हुन्छ। अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरु सार्वजनिक शौचालयहरुमा लेखिएको पाइन्छ, यसअर्थमा शौचलय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बनगर्न जरुरी छ ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img