spot_img

कोरोना भाइरसस् नेपालमा कोभिड १९ कम देखिनुका पाँच सम्भावित कारण यस्ता छन्

spot_img

विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड १९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ।त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ। बुधवार साँझसम्मको विवरणअनुसार सङ्क्रमणको आशङ्कामा थप १३४ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण दोस्रो चरण पुग्नुको अर्थ
कोरोनाभाइरसको त्रासका कारण नेपालमा पनि ’अन्धविश्वास बढिरहेको छ’
नेपालमा भेटिएका सङ्क्रमितमध्ये आठ जना विदेशबाट आएका छन् भने एक जना सङ्क्रमित व्यक्तिकी परिवारकी सदस्य हुन्। नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई क्वारन्टीनमा नराखेका नेपालमा अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशङ्का छ। तर केही विज्ञहरू नेपालमा अहिलेसम्म कुनै पनि एउटा स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिस बिरामी भएको वा तिनको मृत्यु भएको नदेखिएकाले त्यस्तो आशङ्का पुष्टि गर्न नसकिने तर्क गर्छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुन सक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरू बताउँछन्।

विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरू यस्ता छन्स्

१. परीक्षण नै नहुनु
कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।उनीहरूका भनाइमा जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन।स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल २,३६६ वटा नमुनाको परीक्षण गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन प्रमुखद्वारा भाइरसलाई ’राजनीतिकीकरण’ नगर्न आग्रहकोरोना भाइरसको ’जोखिम कम गर्न’ दर्जनौँ कैदी मुक्त, चार्ल्स शोभराज ’नछुट्ने’ त्यसमध्ये नौवटा मात्र सङ्क्रमण देखियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनुपर्ने बताउँछन्। उनी भन्छन्, “यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ। विशेषगरी ज्यानुअरीदेखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको पनि हुन सक्छ।“ त्यस्तो सङ्क्रमण समयक्रममा आफैँ निको भएर गएको हुन सक्ने उनको भनाइ छ।

’नेपाल जर्नल अफ एपिडिमियोलोजी’मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ। ’नेपाल जर्नल अफ एपिडीमीओलजी’मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ
नेपाली र विदेशी गरी छ चिकित्सकले लेखेको उक्त लेखमा “परीक्षणको अभावमा थोरै मानिसहरूको मात्र सङ्क्रमण पत्ता लागेको हुन सक्ने“ उल्लेख छ। तर सरकारले केही दिनअघिदेखि काठमाण्डूबाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ भने तीव्र रूपमा परीक्षण गर्ने जनाएको छ।

नेपालका कोरोनाभाइरस सङ्क्रमितसँग सम्पर्कमा आएका ’सबैको पहिचान सम्पन्न’, ’सङ्क्रमणको जोखिम देखिएन’
कहाँ कति सङ्क्रमण र मृत्यु कतिपय चिकित्सकले  आफ्नो अनुभव सुनाउँदै उपत्यकाबाहिर सेवा विस्तार गरिए पनि लक्षण देखिएका व्यक्तिबाट नमुना सङ्कलन गर्न धेरै स्वास्थ्यकर्मी तत्पर देखिएका छैनन्। त्यसको उदाहरण दिँदै आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक चिकित्सकले भने, “सुदूरपश्चिममा भेटिएका सङ्क्रमितहरूको ’स्वाब’ लिनका लागि त्यहाँका चिकित्सकले नमानेपछि नेपाली सेनाका चिकित्सक पठाएर लिइएको थियो।“अझै पनि चिकित्सकहरू नमुना लिन तत्पर छैनन्। त्यसैले नमुना सङ्कलन र परीक्षण बढाउने भनेर मात्र हुँदैन।“

२. नेपालीको जीवनशैली
कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्। तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम सङ्क्रमण भएको हुन सक्ने ठान्छन्। उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलिने सञ्जाल भत्किएको टिप्पणी गरेका छन्।
३. नेपालीको प्रतिरक्षा प्रणाली ’बलियो’हुनु
विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस सङ्क्रमण कम भएको हुन सक्ने बताउँछन्। परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।

उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुन सक्छन्।

४. बीसीजी खोपको प्रभाव
क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ । कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ। कुनकुन रोग विश्वव्यापी महामारी बनेका थिए,बीबीसी विश्व सेवाका अनुसार हालैको एउटा समीक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको जनाएको छ ।

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरूको तर्क छ। बीबीसी नेपाली सेवाबाट साभार

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img