spot_img

बाढीले बगरमा परिणत भयो भर्खरै धान रोपिएका चार सय रोपनी खेत

spot_img

बाढीले बगरमा परिणत भयो भर्खरै धान रोपिएका चार सय रोपनी खेतनुवाकोट, कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ।

नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ।

‘बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि गेग्रानसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ,’ उनले भने, ‘दुई सय रोपनी खेतलाई क्षति पु¥याउँदै अहिले खोला बगिरहेको छ भने ४ सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ।’बाढीका कारण स्यानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ।

पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ। स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो।तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए।‘प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ,’उनले भने।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img