spot_img

एनपीएल अक्सनमा काे काे खेलाडी कतिमा अनुवन्धित भए ? कुन खेलाडी कुन टिमबाट खेल्दै छ त ?

spot_img

काठमाडौं,विकेट किपर अनिल साह नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाउने एक्लो खेलाडी बनेका छन् । उनलाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले १५ लाखमा पाएको थियो । पछिल्लो समय राम्रो लय, विकेटकिपर, ओपनर तथा शीर्षक्रमका ब्याटर र आवश्यक परेमा स्पिन बलिङ गर्ने हुँदा अनिल सबै टोलीको फ्रेन्चाइजले बोली लगाएका हुन् ।योसँगै नेपालका दुवै विकेटकिपर आसिफ शेख र अनिल साह जनकपुरबाट खेल्नेछन् ।

नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ ।

नेपाली क्रिकेटका ब्याटर अर्जुन कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिम रोयल्सले किनेको छ । उनले न्यूनतम मूल्य ५ लाख राखेका थिए ।

 गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७–७ टोलीले अक्सनमा मूल्य लगाए । गुल्सनलाई अक्सनमा लुम्बिनी बाहेक सबै टोलीले मूल्य लगाएका थिए ।

लुम्बिनीसँग गुल्सनको नाम आउनु अघि नै ए ग्रेडका तीन खेलाडी हुँदा मूल्य लगाउन पाएन । लक्की ड मार्फत गुल्सन कर्णाली याक्समा १५ लाखमा पुगे ।

युवा विकेटकिपर लोकेश बममाथि पनि ७ टोलीले मूल्य लगाएका थिए । जनकपुर बाहेक सबै टोलीले लोकेशलाई मूल्य लगाएका थिए । लोकेश लक्की ड मार्फत विराटनगर किंग्समा १५ लाखमा पुगे ।

मधेश प्रदेशका युवा तीव्र गतिका बलर रुपेश सिंह क्याटेगोरी बी बाट सर्वाधिक ७ टोलीको रोजाईमा परे । तीव्र गतिसँगै तल्लोक्रममा सानदार प्रदर्शन गर्ने हुँदा उनलाई चितवन राइनोज बाहेक सबै ७ टोलीले मूल्य लगाएका थिए ।

रुपेश १० लाख रुपैयाँमा १० लाखमा जनकपुर बोल्ट्समा पुगेका थिए । ललित राजवंशीलाई ६, नारायण जोशी ५ र विवेक यादवलाई ४ टोलीले मूल्य लगाएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img