spot_img

नवलपरासीमा विष सेवनले दुई छोरीसहित आमाको मृत्यु

spot_img

नवलपरासीमा एक महिलाले दुई छोरीसहित आफूले पनि विष सेवन गरी आत्महत्या गरेकी छन्।पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफूसँगै दुई छोरीलाई समेत विष खुवाएको प्रहरीले जनाएको छ।विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए।

विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुयाइएका उनीहरूको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो।उपचारका क्रममा तीनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको डिएसपी लामाले जानकारी दिए।विष सेवनपछि घरभित्र छट्पटिएपछि चिच्याएको आवाज सुनेपछि स्थानीय घरको छतबाट कोठामा पुगेका थिए।कोठामा दुई वटा चिया पिउने गिलासमा पानीजस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीहरूलाई दिएको हुन सक्ने प्रहरीले जनाएको छ।मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन्। अनिता दुई छोरीसहित घरमा बस्दै आएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img