spot_img

प्रधानमन्त्रीले सुरू गरे ‘फिफा फुटबल फर स्कूल्स अभियान ,७७ जवल्लाका १ हजार ७२ विधालयमा ३२ हजार बल वितरण गरिँदै

spot_img

विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम संचालन गरिएको छ ।

दशरथ रङ्गशालामा आयोजित एक विशेष समारोहकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उक्त कार्यक्रमको औपचारिक उद्घाटन गरे ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले फुटबलजस्ता खेलकुद कार्यक्रमले बालबालिकाको शारीरिक तन्दुरुस्ती मात्र होइन, उनीहरूको सामाजिक र नैतिक विकासमा समेत सकारात्मक भूमिका खेल्ने बताए । उनले विद्यालय शिक्षामा खेलको समावेश अत्यावश्यक भएको उल्लेख गर्दै यस्तो कार्यक्रमलाई दीर्घकालीन रूपमा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को समन्वयमा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रम विश्व फुटबल महासङ्घ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित हो ।

कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ। विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जानकारी दिएको छ ।

कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकलाई तालिम, साथै फुटबललाई शिक्षणको माध्यमको रूपमा प्रयोग गरिनेछ। जीवनोपयोगी सीपहरू पनि सिकाइनेछ ।

देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा कार्यान्वयन गरिने यो कार्यक्रम सबै वर्ग, जाति, लिङ्ग र भूगोलका बालबालिकालाई लक्षित गरी समावेशी र पहुँचयोग्य बनाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img