spot_img

आईपीएल अनिश्चित कालका लागि स्थगित

spot_img

एजेन्सी,कोरोना भाईरसको कारण भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहिबार औपचारिक रुपमा प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ । बीसीसीआईले अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

’कोभिड(१९ लाई मध्येनजर गर्दै आईपीएलको सर्वोच्च निकाय बीसीसीआईले आईपीएल(२०२० स्थगित गर्ने निर्णय गरेको छ ,’ विज्ञप्तिमा भनिएको छ, ’राष्ट्रको सुरक्षा र स्वास्थ्य हाम्रो प्राथमिकतामा रहन्छ । त्यसैले बीसीसीआई, फ्रेन्चाइज मालिक, प्रशारणकर्ता, प्रायोजक र सरोकार निकाय स्वीकार गर्दछ कि जब उपयुक्त र सुरक्षित रहन्छ तब आईपीएल सुरु हुन्छ ।’

भारतमा आगामी मे ३ सम्मका लागि लकडाउन लम्बिएसंगै आईपीएल स्थगित भएको हो । दोस्रो पटक स्थगित भएको आईपीएलले यो वर्ष हुने सम्भावना समेत कम भएको छ । यसअघि , आईपीएलको १३ औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो । तर, कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो ।

विश्वभर फैलिएको कोरोनाको कारण हाल विश्वका सबै खेलकुद रोकिएको छ । युरोकप देखि ओलम्पिक खेलकुद समेत स्थगित भएको छ । भारतमा ११ हजार मानिस कोरोनाको संक्रमित भेटिएको छ । यस्तै ३ सय ५३ मानिसले ज्यान गुमाएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img