spot_img

नौ महिनामा भित्रियो २७ हजारको ‘गुलाफ’

spot_img

साउनदेखि पुस मसान्तसम्म -नौ महिनामा- जम्मा २७ हजार रूपैयाँ बराबरको गुलाफको फूल आयात भएको तथ्यांक देखिन्छ।उक्त मूल्य बराबरको तीन सय ९० किलो फूल भित्रिएको छ।काठमाडौं। प्रेमिल जोडीहरूले विशेष महत्त्व दिने ‘प्रणय दिवस’ सप्तान्ह आजबाट सुरू भएको छ। पहिलो दिन फेब्रुअरी ७ लाई विश्वभरका प्रेमिल जोडीले ‘रोज डे’ का रूपमा मनाउने गर्छन्।

यस दिन आफ्ना प्रेमीरप्रेमिकालाई गुलाफको फूल दिने गर्छन्। प्रेमी प्रेमिकाले किनेर आफ्ना मायालुलाई गुलाफको फूल उपहार दिने भएकाले आजको दिनमा गुलाफको फूलको खपत धेरै नै हुन्छ।त्यसैले व्यापारीहरूले देशका विभिन्‍न स्थानबाट र विदेशबाटसमेत गुलाफको फूल ल्याएर व्यापारको बन्दोबस्त गर्ने गरेका छन्।भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षमा गुलाफको फूल भित्र्याउनकै लागि धेरै रकम खर्चिएको छैन।

साउनदेखि पुस मसान्तसम्मको तथ्यांकअनुसार नौ महिनामा जम्मा २७ हजार रूपैयाँको गुलाफको फूल आयात भएको देखिन्छ। उक्त मूल्य बराबरको जम्मा तीन सय ९० किलो फूलमात्रै भित्रिएको तथ्यांक छ।आज खपत हुने गुलाफको फूलमध्ये धेरै परिमाणमा नेपालमै उत्पादित फूल रहने भन्सार विभागका एक अधिकारीलेजानकारी दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img