spot_img

च्याम्पियन्स लिगको फाईनल अगष्ट अन्तिममा

spot_img

एजेन्सी,युरोपेली फुटबल महासंघ (युईएफए)ले च्याम्पियन्स लिगको फाईनल अगष्टको अन्तिम साता आयोजना गर्ने योजना बनाएको छ ।

युईएफएले अनिश्चितकालका लागि स्थगित च्याम्पियन्स लिगको फाईनल अगष्ट २९ मा सञ्चालन गर्ने तयारी गरेको हो । अप्रिल २३ मा बस्ने युरोपेली फुटबल महासंघको कार्यकारी बैठकले यस बिषयमा छलफल गर्दै थप निर्णय लिनेछ । विश्वमा फैलिएको कोरोनाको महामारीका कारण युईएफएले च्याम्पियन्स लिग सहितका प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरेको छ ।

युईएफएसंगको सहमतीमा युरोपेली फुटबलको लिग चाँडै सक्ने बिषयमा निर्णय हुने सम्भावना छ । युरोपका अधिकांश लिग अगष्टको अन्तिमसम्म सक्ने तयारी गरिएको छ । सोही कारण च्याम्पियन्स लिगको फाईनल अगष्टको २९ मा ईस्तानबुलमा र युरोपा लिगको फाईनल तीन दिन अघि सक्ने गरि युईएफएले आन्तरिक योजना बनाएको हो ।दुई विकल्पका साथ युईएफएले छलफल अघि बढाएको छ ।

च्याम्पियन्स लिगमा क्वार्टरफाईनलका लागि हुने ४ खेल अझै बाँकी छ । जसमा म्यान्चेष्टर सिटी र रियल मड्रिडले समेत खेल्न बाँकी छ । युरोपा लिगको तालिका अझै जटिल छ । अन्तिम १६ को दोस्रो चरणको खेल पुरै बाँकी छ । पहिलो लेगका दुई खेलमा ईन्टर मिलान र गेटाफे तथा सेभिल्ला र रोमा समेत खेल्न बाँकी रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img