चितवन,चितवनबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष सुवेदी सहित ८ जना जुवाडे पक्राउ परेका छन् । कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा प्रहरीले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी, कालिका नगरपालिका–६ का ठाकुरप्रसाद भट्ट, झलक अमगाई, सन्तोष लामा, मोहन दङ्गाल, रामकुमार दङ्गाल,आशबहादुर गुरुङ र शिवबहादुर अमगाईं रहेका छन् ।
उनीहरुको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उनको भनाई छ।