spot_img

जागिरबाट निकालेको रिसमा पानी उद्योगका म्यानेजरको हत्या, २ जना पक्राउ

spot_img

काठमाडौं,बारामा पानी उद्योगका म्यानेजरको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।प्रसौनी गाउँपालिका–६ भलुही चोका रहेको किरण बेभरेज नेपाल प्रालि पानी उद्योगका म्यानेजर रामकिशोर सिंहको हत्या भएको थियो। उनको हत्या गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा वीरगन्जका २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रामोद साह तुरहा छन्।रामकिशोरको शव मंसिर १२ गते बिहान पौने ८ बजे उद्योगभन्दा २५ मिटर उत्तरको खाल्डोमा फेला परेको थियो।प्रहरीका अनुसार उनीमाथि धारिलो हतियार प्रहार भएको देखिएको छ।

अनुसन्धानको क्रममा प्रहरीले राजनकुमार र प्रमोदको संलग्नता देखेपछि पक्राउ गरको प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।राजनकुमार पानी फ्याक्ट्रीमा सवारी चालक थिए। गत वर्ष गढीमाइको मेलामा गाडीको क्लच जलाएको निहुँमा उनी र मृतक रामकिशोरबीच झगडा भएको थियो। त्यही झगडापछि राजनकुमारले जागिर छाडेका थिए।

तर पछिल्लो समय फेरि उनले कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म काम गरेका थिए।प्रहरीको अनुसन्धान अनुसार उद्योगले पानीको बिक्री मूल्य ११० तोकेको थियो। तर राजनकुमारले आफ्नो फाइदाका लागि ११५ देखि १२० सम्म बजारमा बेच्दै आएका थिए।त्यो कुरा म्यानेजर राम किशोरले थाहा पाएका थिए।

थाहा पाएपछि मंसिर १० गते उनले राजनकुमारलाई जागिरबाट हटाएका थिए।त्यही जागिरबाट हटाएको निहुँमा राजनकुमारले मंसिर ११ गते आफ्ना साथी प्रमोदलाई यसबारे बताएका थिए। वीरगन्जमा सँगै बसेर मदिरा सेवन गरेपछि उनीहरूले हत्या गर्ने योजना बनाएका थिए।यसरी योजना बनाएपछि राति साढे ८ बजेतिर उनीहरू दुबै जना धारिलो हतियार बोकेर गएका थिए।

उद्योगभित्र पसेर उनीहरूले छुरा र इट्टाको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।हत्या भएको खबर प्रहरीले पाएपछि अनुसन्धान गरी दुई जनाको संलग्नता पत्ता लगाएको थियो। दुबै जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले १६ घण्टाभित्र पक्राउ गरेको हो।उनीहरूमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले छुरा र इँटा बरामद गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img