काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् ।ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय लिइएको बताएका छन् ।
ट्रम्पले बैठक अत्यन्तै सकारात्मक रहेको पनि उल्लेख गरेका छन् । बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए ।‘अमेरिका लेबनानका साथ मिलेर काम गर्ने छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘यसबाट लेबनानले हिज्बुल्लाहसँग आफ्नो रक्षा गर्न सकोस् ।’
उनले इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओनको आथित्यता गर्ने पनि बताएका छन् ।ओभल अफिसमा मिडियासँगको कुराकानीमा ट्रम्पले लेबनानी राष्ट्रपति र इजरायली प्रधानमन्त्री आगामी साता ह्वाइट हाउस आउने बताएको बीबीसीले जनाएको छ ।