नेपालमै पहिलो पटक अपांगता प्रतिभा अवार्ड २०२० हुदै

नेपालमै पहिलो पटक अपांगता प्रतिभा अवार्ड २०२० हुदै । काठमाडौं,२०७७ श्रावण २२ काठमाडौं । नेपालमै पहिलोपटक फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दे दिव्यज्योति फाउण्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमि काठमाडौको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो । प्रतियोगिताको लागि भदौ २७ गते प्रदेश ३ को चितवन र काठमाडौंमा प्रतिभा छनोट हुने छ । प्रतियोगिताका लागि देशका सातै वटा प्रदेशका मुख्य शहरहरु विर्तामोड, इटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीबाट फरक क्षमता भएका विभिन्न विधाका प्रतिभा छनौट गरीने आयोजकले जनाएको छ । सातै प्रदेशबाट छनौट भएका विभिन्न विधाका प्रतियोगीहरुको फाइनल भने काठमाडौंमा हुने छ । प्रतियोगीतामा नृत्य, गायन र चित्रकलाका विधामा प्रतिष्पर्धा गरिनेछ । जसमध्ये उत्कृष्ट हुने प्रतियोगीले उपाधि जित्नुका साथै नगद रु एक लाखसहित मुस्ताङ् भ्रमणको मौका पाउने छन् । यस्तै दृतिय र तृतीय विजेताले नगद पुरस्कारका साथै आकर्षक पुरस्कार पाउने छन् । प्रतिभा कार्यक्रमको संयोजक र व्यवस्थापन अपांग विश्व साइकल यात्री चित्र पौडेल र रस्मी शाक्यले गर्ने भएका छन् । समूह व्यवस्थापन युनिक भिजक इन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडौं, राइजिङ ड्रिमले गर्ने छन । विधमान कोरोना महामारीको जोखिमपूर्ण परिस्थितीलाई ध्यानमा राख्दै, सामाजिक दुरी कायम गरी कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको बारेमा फेसबुक पेज म्षाभचभलतथि बदभिम तबभिलत द्दण्द्दण् मा गएर विस्तृत जानकारी लिन सकिनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -